stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज बैशाख २२ गते बिहान ८ बजेबाट निर्वाचन हुने भनिएपनि १०:३५ बजेबाट मात्र निर्वाचन सुरू भएको छ। निर्वाचन ४ बजेसम्म हुने भनिएको छ।

तर निर्वाचन कार्यक्रममा ढिलाइ भएकाले ४ बजेसम्मको सिमा साँझ ६ बजेसम्म सर्न सक्ने सम्भावना छ। महासंघको नयाँ नेतृत्वको निर्वाचनका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा बिहान ७स्३० बजेदेखि नै उद्योग व्यवसायीहरू उपस्थित छन। अहिले प्रज्ञा भवनमा उद्यमी व्यवसायीहरूको चहलपहल निकै बढेको छ ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने जिल्ला र नगर उपाध्यक्ष २ जना,वस्तुगत उपाध्यक्ष र एशोसिएटस उपाध्यक्ष एक/ एक जना र जिल्लार नगर,वस्तुगत संघ,एशोसिएट र द्विराष्ट्रिय कार्यकारिणी सदस्य सहित ७३ सदस्यका लागि मतदान भैरहेको छ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबीच महासंघको भावी नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन। दुवै पक्षले जिल्लार नगर,वस्तुगत र एशोसियट उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन।

अन्जन श्रेष्ठ समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ,कृष्ण प्रसाद शर्मा, वस्तुगत उपाध्यक्षमा शिव प्रसाद घिमिरे, एशोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे उम्मेद्वार बनेका छन। त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।

महासंघको भावी वरिष्ठ उपाध्यक्षमा हेमराज श्रेष्ठ उम्मेदवार हुने भएका छन। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष,महिला उपाध्यक्ष र कोषाध्यक्ष महासंघको निर्वाचित पदाधिकारी र कार्यकारिणी सदस्यले पछि निर्वाचन गर्नेछ। महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहका अधिकांश उपाध्यक्ष र कार्यकारिणी सदस्यले चुनाव जित्न सक्ने अनुमान रहेको उद्यमी व्यवसायीहरू बताउछन।

महासंघको निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागि हुने छन । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८ सय ५०, जिल्लारनगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन। महासंघको ७३ पदका लागि १३७ उम्मेदवार व्यवसायीहरू प्रतिस्पर्धामा छन्।

मतदान बिहान १०:३५ बजेदेखि बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। त्यसपछि मतगणना गरिने महासंघ स्रोतले बताएको छ। हिजो ललितपुरको ग्वार्खुमा महासंघको ६० ओैं वार्षिक साधारण सभा र बन्दसत्र सम्पन्न भएको थियो।

prabhu mahalaxmi
kumari