stcnepal long ad
global ime bank long

हिमालयन बैंकको चौथो त्रैमासमा २ अर्ब ५४ करोड नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष o७५/७६ को चौथो त्रैमासमा आइपुग्दा २ अर्ब ५४ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ८ प्रतिशतले घटी हो ।

चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ ।

बैंकको निक्षेप १४ दशमलव ५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९ दशमलव ६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ ।

बैंकको खराब कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रति शेयर नेट वर्थ १८७ रुपैयाँ २० पैसा , मूल्य आम्दानी अनुपात १९.९१ गुणा, बेस रेट ८ दशमलव ३८ प्रतिशत रहेको छ ।

IME Lifesidebar
kumari