stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरुवा गरिएका कर्मचारीले ३ दिनभित्र रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारीले ३ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई ३ दिनभित्र रमाना लिई जान निर्देशन दिएकाे हाे ।

मन्त्रालयले २०८२ भदाैदेखि माघसम्म विभिन्न स्थानीय तहहरूमा सरुवा भई समय व्यतित भइसक्दासमेत खटाइएको स्थानीय तहमा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृतस्तरका १६ तथा तीन जना प्रमुख प्रशासकीय अधिकृतलाई खटाइएको निकायमा रमाना नलिए कारबाही गर्ने चेतावनी दिएकाे हाे ।

‘मिति २०८२ भाद्र महिनादेखि २०८२ माघ महिनासम्म विभिन्न स्थानीय तहहरूमा सरुवा भई समय व्यतित भइसक्दासमेत खटाइएको स्थानीय तह (नगरपालिका/गाउँपालिका) हरूमा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृतस्तरका सोह (१६) जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन (३) दिन भित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जानुहुन,अन्यथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाही हुने गरी मिति २०८३/०१/१० गते पत्राचार गरिएको,’ मन्त्रालयले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

लामो समयदेखि खटाइएका स्थानीय तहहरूमा हाजिर हुन अटेर गरी साविकै कार्यालयमा कार्यरत रहने कर्मचारीहरूको विकृति रोक्न मन्त्रालयले यस्ताे कदम चालेकाे हाे ।

prabhu mahalaxmi
kumari