stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ई–सेवा मार्फत १ रुपैयाँ तिरेर दराजमा गेम खेल्दा आईफोन एसई जित्ने मौका

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ई–सेवालेमा एक रुपैयाँ लगानी गरेर दराज अनलाईनमा गेम खेल्दा आईफोन एसई जित्न सकिने भएको छ ।

केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ को अफर लिएर दराज र ई–सेवा अगाडि बढेका छ ।
उक्त खेलमा भाग लिनको लागि, ग्राहकहरूले दराजमा ‘आईफोन रुपी १’ प्रोमोकोड लगाई आईफोन एसई मात्र १ रुपैयाँमा ई–सेवाबाट भुक्तानी गरि अर्डर गर्नुपर्नेछ ।

यसरी अफर गरेका मध्येबाट छनौट गरी एक रुपैयाँमै आईफोन उपलब्ध गराउने दराज अनलाईनले जनाएको छ । इसेवासँगको सहकार्यमा दराज अनलाइनले यस्तो नयाँ योजना सार्वजनिक गरेको हो ।

दराज अनलाईनका अनुसार आज साउन ७ देखि १२ ९जुलाई २२ देखि २७० सम्म उपलब्ध हुनेछ । उल्लेखित मितिमा एक रुपैयाँमा आईफोन अर्डन गरेका मध्येबाट छनौट गरी यही साउन १६ गते विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ ।

बिजेता घोषणा भइसकेपछि एक रुपैयामा आईफोन अर्डर गरेका मध्येबाट आईफोन एसई पाउने व्यक्ति बाहेक सबैको एक रुपैयाँ फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी साउन १२ देखि १९ सम्म दराज अनलाईनमा महाबचात बजार अभियान सञ्चालन गर्न लागेको जनाएको छ । अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०५ (१००० रुपैयाँ सम्म) को छूट पाउने छन् ।

कम्पनीका अनुसार वान रुपी गेम अन्तर्गत ग्राहकहरुले सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर जस्ता सामान समेत जित्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari