stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ ग्राहक विशेष लाभ कर्जा योजना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको विभिन्न कर्जा योजनाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने भएको छ।

जसअन्तर्गत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने, एक वर्षसम्मको अवधिको कर्जामा स्वीकृत ब्याजदर परिवर्तन नगरिने, निवेदनको ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृति गरिने बैंकले जनाएको छ।

त्यस्तै, अधिकतम १ प्रतिशत मात्र कर्जा सेवा शुल्क लिने, विना सुरक्षण शुल्कमा लकर सुविधाका साथै नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने समेत जनाएको छ। यसको अलवा बैंकको नियमानुसार शर्तहरु लागू हुने जनाइएको छ ।

बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

prabhu mahalaxmi
kumari