stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिडिसीले ७ दिनका लागि उपभोक्ता उपहार योजना ल्यायो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुग्ध विकास संस्थानले ७ दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट आगामी साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताए ।

याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद गरेमा १०० मिलिलिटर आइसक्रिम, एक लिटर घिउ खरीदमा ५०० मिलिलिटर पोली दही, ५०० मिलिलिटर घिउ खरीदमा १०० मिलिलिटर दही, एक केजी नौनी खरीदमा ५०० मिलिलिटर दही र ५०० मिलिलिटर कञ्चन चिज खरीदमा १०० मिलिलिटर आइसक्रिम उपहार दिने भएको छ ।

संस्थानले ४४ जिल्लामा १ हजार २ सय दुग्ध उत्पादक सहकारी संस्था मार्फत करीब दुई लाख किसानको संलग्नतामा दूध संकलन गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari