stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु म्यानेजमेन्ट र सोसियल मिडिया एप सगुनबीच सहकार्य सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको पहिलो सोसल मिडिया एप सगुनले प्रभु म्यानेजमेन्ट सँग सहकार्य सुरु गरेको छ। कम्पनीका अनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागी मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै अनेकौं दैनिक कार्यहरुलाई सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन उक्त साझेदारी गरिएको हो ।

अहिले प्रयोगकर्ताहरुले सगुन मार्फत एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ग कार्ड सित्तैमा प्रयोग सक्छन् भने दुइ कम्पनिका अनुसार आगामी दिनमा सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउनेर पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ पनि उठाउन सक्नेछन।

प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई बर्षौं देखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरु प्रति उनको प्रतिबद्धता बारे राम्रोसँग परिचित छु। त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुसि छु, सगुन नेपालका कन्ट्री डाइरेक्टर आनन्द बज्रचार्यले भन्नुभयो ।

यस सहकार्य मार्फत हाम्रो प्रयोगकर्ताहरुले अनेकौ सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठुलो संख्याका प्रयोगकर्ताका बिचमा पुर्याउन सजिलो हुने कुरामा विस्वस्त रहेको जानकारी दिनुभयो । “

प्रभुले सगुन सँग सहकार्य गरि सोशल मिडिया क्षेत्रमा पनि नेपालीहरुलाई सेवा दिने बारे प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष, कुसुम लामाले भन्नुभयो, “हामी सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी छौं।

सगुन अमेरिका, नेपाल र भारत ३ ओटै देशमा रेजिस्टर भइ संचालनमा आइरहेको छ। हाल सम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन्। कम्पनीका अनुसार प्रभु म्यानेजमेन्ट संगको सहकार्य पछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र ४ करोड इस्मार्ट कोइन बराबरको शपिंग गरिसकेका छन्।

prabhu mahalaxmi
kumari