नेकपा स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युुनिस्ट पार्टी ९नेकपा०का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो ।
छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिनुभयो । उहाँले अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन भन्नुभयो ।
अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी हुुनुुहुन्थ्यो । उहाँ स्थायी कमिटी बैठक बस्नेमा सहमत हुनुभएको छ ।
स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो ।


























