अन्नपूर्ण केबल्स इन्डस्ट्रिजको १ वर्षको ३ अर्ब ३६ करोड आम्दानी
४७ प्रतिशतले बढ्यो व्यापार
काठमाडौं । अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रा.लि.ले सन् २०२३ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ४७.३७ प्रतिशतले धेरै हो ।
सन् २०२२ मा यस कम्पनीले २ अर्ब २८ करोड ६० लाख र सन् २०२१ मा १ अर्ब ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
यो कम्पनी विभिन्न प्रकारका तार र केबल बिक्रीमा संलग्न छ । घरका तार, पावर केबल, व्यवसायिक भवन, अस्पतल र सबै प्रकारका उद्दयोहरुलाई आवश्यक पर्ने तार यसले निर्माण गर्छ ।
अन्नपूर्ण केबल्सले बजारको माग अनुसार विभिन्न भेरियन्टमा तार र केबल उत्पादन गर्दै आएको जनाउँछ । यस कम्पनीले २ अर्ब ५६ करोड बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ ।
जसमध्ये, ४५ करोड ८७ लाखका लागि ‘केयर एनपीबीबी’ र सर्ट ट्रम २ अर्ब १० करोड १२ लाखका लागि ‘केयर एनपी ए४ प्लस’ पुनः पुष्टि गराएको छ ।
अन्नपूर्ण केबल सन् २०२१ मा सञ्चालनमा आएको हो । यो विभिन्न तार तथा केबल निर्माणमा आवद्ध छ । यसको कारखाना विराटनगर, मोरङ अवस्थित छ । कम्पनीले ‘राठी’ र ‘अन्नपूर्ण’ ब्रान्डको केबल तार उत्पादन गर्छ ।