macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

हेटौँडा । आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् ।

उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन ।

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।

हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशील अखिल नेपाल औद्योगिक मजदुर सङ्गठन एकाइ समिति उद्योगको उत्पादन सुचारु गर्न र उद्योग व्यवस्थित रूपमा सञ्चालन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

सङ्गठनका अध्यक्ष दीपकसिंह थोकरले उद्योग बन्द हुँदा थप समस्या आउने भएकाले नियमित सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो ।

उहाँले कच्चा पदार्थ उद्योग व्यवस्थापनले समयमा आपूर्ति गर्न नसक्दा उद्योग बन्द गर्ने अवस्था सिर्जना भएको र उद्योग प्रशासनले राम्रो व्यवस्थापन नगर्दा उत्पादित सिमेन्टसमेत बिक्री नभएको बताउनुभयो ।

गत असारमा कोइला अभाव र सिमेन्ट बिक्री नहुँदा उत्पादन बन्द भएको उद्योग भदौबाट असोजको मध्यसम्म सञ्चालनमा आएर कच्चा पदार्थ अभावमा पुनः बन्द भएको थियो ।

himalayan life insurance
igi long
NTA long ad