citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो। परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन्।

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्नेछ। साथै, दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सुचना प्रविधिलगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे। उनले नेपालको स्वास्थ्य सेवा क्षेत्रभित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीका अवसरहरुबारे प्रकाश पारे।

इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उल्लेख गरे।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायीक विकासमा यूएसीको महत्वबारे प्रकाश पारे। साथै, उनले यूएसीले एसियन राष्ट्रहरुबीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए।

gold
himalayan life insurance long ad
kumari bank