stcnepal long ad
global ime bank long

बाँसका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मकवानपुर। भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी राष्ट्र चीनतर्फ निर्यात हुन थालेको छ। गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैद बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो।

भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो।

उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ निर्यात भएको हो।

‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरुले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरु निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने।

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन्।

उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीवाट बढी माग आएको ब्यापारीहरुले जानकारी दिएका छन्।

IME Lifesidebar
kumari