stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पचास अर्ब रुपियाँको चामल र मकै आयात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७र७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।

आ.व २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएको तथ्याङ्क छ । यस्तै, सो अवधिमा १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपियाँबराबरको मकै आयात भएको छ ।

२०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको (चामल, मकै, गहुुँ, जौ, कोदो) खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ ।

सो अवधिमा १६ अर्ब ९९ करोड सात लाख २७ हजार रुपियाँको धान र ६ अर्ब ३२ करोड ६२ लाख रुपियाँको गहुुँ आयात भएको छ ।

कुखुराको दानाका लागि ठूलो परिणाममा मकै खपत हुने गर्छ । खेतियोग्य जमिन घर घडेरीमा प्रयोग हुनु, काम गर्ने जनशक्ति वैदेशिक रोजगारीका कारण जमिन बाँझै रहेकाले मागअनुसार खाद्यान्न उत्पादन नहुुँदा ठूलो परिणाममा आयात हुने गरेको हो ।

व्यापारविज्ञ रविशङ्कर सैँजू स्वदेशमै उत्पादन बढाएर खाद्यान्न आयात कम गर्ने सम्भावना भए पनि त्यसतर्फ सरकारले ध्यान नदिँदा ठूलो परिणाममा खाद्यान्न आयात गर्नुुपरेको बताउनुुभयो ।

“काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा जाँदा जग्गा–जमिन बाँझै छन्,” सैँजूले भन्नुुभयो, “कृषि पेसामा आकर्षित गर्न कार्यक्रम ल्याउन नसक्दा खाद्यान्नका आयात गर्दा ठूलो रकम बाहिर जाने गरेको छ ।”

भारतमा कृषि उत्पादनमा पर्याप्त अनुदान हुुँदा स्वदेशी उत्पादनभन्दा सस्तो भएकाले पनि ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको उहाँको भनाइ छ ।

“उत्पादन बढाउनका लागि कृषिमा अनुदान दिए पनि वास्तविक किसानले पाउन सकेका छैन,” उहाँले भन्नुुभयो, “ठुल्ठूला कर्पोरेट फार्मिङ मार्फत उत्पादन बढाएर आयात कम गर्न सकिन्छ ।”

कृषिजन्य उत्पादनमा नेपालमा कृषि विकास शुुल्क सात प्रतिशतमात्र रहेको छ । अन्य भन्सार शुुल्क नभएकाले पनि ठूलो परिणाममा खाद्यान्नसँगै कृषिजन्य सामान आयात हुने गर्छ । भारतमा कृषिमा पर्याप्त अनुदान भएकाले लागत मूूल्य नै कम पर्ने गर्छ ।

मल, बीउ, उन्नत प्रविधि अभावले गर्दा मुलुकमा खाद्यान्न उत्पादन बढ्न सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

भारत, चीन, अमेरिका, जापान, इन्डोनेसिया, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट धान–चामल, मकै, गहुँ, कोदो भित्रिएको छ । चीनबाट ६७ हजार रुपियाँको आठ सय ५० किलो र भारतबाट तीन करोड ९८ लाख रुपियाँको एक लाख १९ हजार किलो कोदो आयात गरेको छ ।

यसैबीच ३६ अर्ब ५४ करोड रुपियाँको तरकारी, २४ अर्ब ९९ करोड रुपियाँको फलफूल, नौ अर्ब रुपियाँको चिया, कफी, सात अर्ब ४१ करोड रुपियाँको चिनी आयात भएको विभागको तथ्याङ्क छ । खाद्यान्न उद्योगलाई चाहिने कच्चा पदार्थ २९ अर्ब रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत योगदान रहेको छ । बजार मागअनुसार कृषिजन्य उत्पादन बढ्न नसक्दा आयातमा भर पर्नुुपरेको छ ।

 

prabhu mahalaxmi
kumari