stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुपारी, मरिच तथा केराउ आयात खुलेको छैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सुपारी, मरिच तथा केराउ आयात खुलेको छैन
काठमाडौँ । सुपारी, मरिच तथा केराउ आयात खुलाउने विषयमा कुनै निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार यस्ता वस्तु कच्चा पदार्थका रूपमा खपत गर्ने केही उद्योगीले उद्योग विभागमा आवदेन दिएका भए पनि यसबारे निर्णय नभएको स्पष्ट पार्नुभयो ।

रेग्मीका अनुसार आयात प्रतिबन्धित यस्ता वस्तु उद्योगको कच्चा पदार्थका रूपमा आवश्यक रहेको भन्दै आवेदन आएको थियो ।

“उद्योग विभागले यस विषयमा मन्त्रालयमा आवश्यक निर्णयका लागि प्रतिवेदन पठाएको हो । उद्योगीले कच्चा पदार्थ भनेकाले यो विषयमा मन्त्रालयमा छलफल भए पनि कुनै निर्णय भएको होइन,” उहाँले भन्नुभयो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari