stcnepal long ad
global ime bank long

मुलुकको आयात बढे,निर्यात घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकको आयात बढेको छ भने निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु. २५ अर्ब ९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ।

चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्घि भई रु.२ खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो।

IME Lifesidebar
kumari