citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैदेशिक व्यापार २७ अर्बले घट्यो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा मुलुकले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा २७ अर्ब २७ करोड ६९ लाख ३४ हजार रुपैयाँ थोरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यसर्थ, गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनासम्म कूल आयात १.८४ प्रतिशतले घटेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरण अनुसार ११ महिनाको अवधिमा नेपालको निर्यात पनि ३.०१ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ११ महिनाको अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

विभागका अनुसार जेठ मसान्तसम्म आयात निर्यात अनुपात १०.४४ हुँदा कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ प्रतिशत र आयातको हिस्सा ९१.२६ प्रतिशत रहेको छ ।

himalayan life insurance
igi long