citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।

‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२/२०२६’ ले सन् २०२६ सम्ममा पस्मिना निर्यातको आकार सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो ।

प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका सार्वजनिक गरिएको छ ।

युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आइएनटिपिए) की उपमहानिर्देशक मिरियम फेरान, उद्योग, नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदूत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले नेपाल पस्मिना फाइबर प्रशोधन सुविधामा आयोजित कार्यक्रममा संयुक्त रूपमा सो निर्देशिका सार्वजनिक गर्नुभयो ।‘नेपाल व्यापार एकीकरण रणनीति २०२३’ ले च्याङ्ग्रा पस्मिनालाई निर्यातको उच्च प्राथमिकतामा राखेको छ ।

इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको संयुक्त रूपमा शुभारम्भ पनि गरिएको छ ।

सो सुविधाले च्याङ्ग्रा किसानबाट सङ्कलन गरिएको फाइबर प्रशोधन गरी पस्मिना उत्पादकलाई आपूर्ति गर्दै आएको छ ।

पस्मिना मूल्य शृङ्खलालाई सुदृढ गर्न युरोपेली सङ्घको बृहत् सहयोगको एक हिस्साका रूपमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा निर्देशिका तयार गरेको हो ।

जापान, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र बेलायत जस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारका लागि विशेष रूपमा तयार पारिएको यो गाइडले नेपालको पस्मिना निर्यात प्रयासलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ ।

निर्देशिकाले फर्म दर्ता, इजाजतपत्र, निर्देशन, भन्सार, ढुवानी र रसिद प्रक्रियाहरू समावेश गर्दै चरणगत प्रक्रिया उल्लेख गरेको छ ।

गन्तव्य देशद्वारा निर्धारण गरिएका आयात आवश्यकताबारे पर्याप्त जानकारी गराउनुका साथै भन्सार दरहरू, गुणस्तर मापदण्डहरू, ढुवानी लागत, समयसीमालगायतका व्यापारसँग सम्बन्धित अन्य महत्वपूर्ण जानकारी निर्देशिकामा उल्लेख गरिएको छ ।

नेपालका साना र मझौला उद्यमहरू ९एसएमई० मा अन्तर्राष्ट्रिय बजार र व्यापारसम्बन्धी जानकारीको कमी भइरहेका बेला यस गाइडले उनीहरूलाई निर्यातसम्बन्धी औपचारिकता र प्रक्रियाबारे जानकारी प्रदान गर्न महत्वपूर्ण उपकरणका रूपमा काम गर्दछ ।

निर्यातसम्बन्धी पर्याप्त जानकारीले नेपाली व्यवसायीलाई विश्वव्यापी मञ्चमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताइएको छ ।

नेपालको हिमालयन च्याङ्ग्रा पस्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको छ ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव बाबुराम अधिकारीले नेपालको हिमालयन च्याङ्ग्रा पस्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको उल्लेख जानकारी दिनुभयो ।

नेपाल सरकारले पस्मिनालाई उच्च प्राथमिकताको निर्यातयोग्य वस्तुका रूपमा लिएको उहाँको भनाइ छ । सो निर्देशिका नेपाली पस्मिना निर्यातका लागि महìवपूर्ण गन्तव्य बजारहरूको विस्तृत जानकारीको उपयोगी रहेको बताउँदै यसको उपयोग गरी निर्यात बढाउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

उपमहानिर्देशक मिरियम फेरानले नेपालको विकास यात्रामा लामो समयदेखिको साझेदारका रूपमा युरोपेली सङ्घले व्यापार र लगानीका माध्यमबाट नेपालको समृद्धिमा बढावा दिँदै आएको र यस किसिमको सहयोग आगामी दिनमा पनि जारी रहने बताउँदै गाइडले नेपाली निर्यातकर्तालाई अन्तर्राष्ट्रिय बजारबारे महत्वपूर्ण जानकारी प्राप्त हुने र यसको सदुपयोगबाट व्यवसायीले लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पस्मिना उद्यमीका लागि तयार पारिएको यो गाइड तयार गर्न इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमले सहयोग गरेकामा आभार व्यक्त गर्दै महìवपूर्ण अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिनाको निर्यातलाई प्रवर्धन गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

gold
himalayan life insurance long ad