citizens life insurance long ad
stcnepal long ad

५ महिनामा आयात–निर्यात दुवै घट्यो, ५ खर्ब ४२ अर्बको आयात हुँदा ६३ अर्बको निर्यात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा मुलुकले ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत आवको ५ महिनाको तुलनामा चालु आ.व.को ५ महिनासम्म कूल आयात ३.३९ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको मंसिर मसान्तसम्मको विवरण अनुसार ५ महिनाको अवधिमा नेपालको निर्यात पनि ६.०९ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ५ महिनाको अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार मंसिर मसान्तसम्म नेपालको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

IME Life
kumari