prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

चैत ८ गते सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

यसमा माग भन्दा ३.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपीओ चैत ८ गते बुधबार बिहान १० बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटका अनुसार चैत ८ गते बुधबार बिहान १० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता, सानिमा मिडलको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा माग भन्दा ३.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख १२ हजार १३ जनाले कुल १ करोड ६२ लाख ४० हजार ९४० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये १० प्रतिशत (४ लाख ९९ हजार ८७५ कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ । बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने ब्यवस्था थियो ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

७ चैत २०७९, मंगलवार १८:४४ बजे प्रकाशित

NTA long ad
stcnepal long ad