stcnepal long ad
global ime bank long

क्षत्री समाजको केन्द्रिय परिषद सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । क्षत्री समाज नेपालको राष्ट्रिय परिषद भेला सम्पन्न भएको छ । राष्ट्रिय परिषदले विगतमा सरकारसँग भएको सम्झौता र मागहरु पुरा गराउन दबाब दिने निर्णय भएको केन्द्रिय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्ण बहादुर थापाले बताए ।

आमखस क्षत्री जातीलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने, राज्यले दिदै आएको आरक्षणको वयवस्था वर्गीय रुपमा गर्नुपर्ने, खस र आर्यको व्यवस्था अलग अलग हुनुपर्ने निर्णय भएको समाजका केन्द्रिय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्रीले बताए ।

राष्ट्रिय एकता र जातीय सद्भावका लागि राष्ट्रियता विरोधी गतिविधि रोक्नुपर्ने निर्णय भएको समाजका महासचिव केश बहादुर के.सि.ले बताए । दुई दिनसम्म भएको राष्ट्रिय परिषदमा पहिलो दिन बृहत ¥याली सहित बुटवल बजारको परिक्रमा सहित सभामा परिणत भएको थियो ।

सो सभालाई सर्वोच्च अदालतका पूर्व न्यायधिश तेज बहादुर के.सि.ले राष्ट्र निर्माणमा क्षत्री जातीको भूमिका महत्वपूर्ण रहेकोमा केही क्षत्रीे अवसर पाए बनेर आम क्षत्रीलाई पछि पार्ने काम राज्यपक्षबाट हुनु दुखदायी भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षत्रीले देशको समग्र विकासमा सबै जातीको एकतामा समाजले लिएको जातीय सद्भावको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाली काँग्रेसका नेता जगदीश्वरनर सिंह के.सी. र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सबै जातीको एकतामा खलल नपुग्ने गरी क्षत्री समाजले काम गर्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रममा समाजका सल्लाहकार शोभियतबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता बुद्ध बहादुर थापा, केन्द्रिय उपाध्यक्षहरु कृष्ण बहादुर थापा, विष्णु बहादुर कार्की, लक्ष्मी पाण्डे, महासचिव केश बहादुर के.सि., कोषाध्यक्ष रिव बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेत, क्षत्री महिला समाजका अध्यक्ष उर्मिला खड्का, सचिव हिमाल खड्का, नवलपरासीका अध्यक्ष मनोज कार्की, संयुक्त खस समाजका अर्जुन बहादुर अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष गुप्त बहादुर कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

परिषदले महासचिवद्वारा प्रस्तुत संस्थागत, कोषाध्यक्षद्वारा प्रस्तुत लेखा प्रतिवेदन सहित विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । समाजद्वारा प्रकाशित क्षत्री आवाजको विमोचन सहित समाजका अग्रज र उत्कृष्ट जिल्लासहित सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

IME Lifesidebar
kumari