सिनर्जी पावरको ७१.०९% नाफा सार्वजनिक

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ७१.०९% ले धेरै हो । गत वर्ष यस कम्पनीले ४ करोड २३ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.४१% ले बढाएर १६ करोड ८० लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसले १४ करोड ७ लाख २० हजार रुपैयाँ मात्र बिजुली बेचेर नाफा आर्जन गरेको थियो । कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ । यस त्रैमाससम्ममा प्रशासनिक खर्च १६ लाख ३३ हजार हजार रहेको छ ।
गत वर्ष यसैबेला प्रशासनिक खर्च ४० लाख ७५ हजार थियो । हाल सिनर्जीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ ।
कम्पनीको रिभर्ज कोष भने ७ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । रिजर्भ कोष ऋणात्मक भए पनि यो अनुपातलाई कम गर्न सफल भएको छ ।
गत वर्ष यसको रिजर्भ कोष ९ करोड ३६ लाख ६७ हजार ऋणात्मक रहेको थियो । सिनर्जीले प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७३ पैसाले बढाएर १३ रुपैयाँ ८० पैसा (वार्षिक) पुर्याएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ८९ पैसा छ ।