stcnepal long ad
ime life insurance
global ime bank long

डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई दुई लाख जरिवाना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

भक्तपुर । मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेको सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।

गएको वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारबाही गर्नेछन् ।

prabhu mahalaxmi
kumari