माघ ९ गते देखि सुपर मादी हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ बिक्रीमा ल्याउने

काठमाडौं । माघ ९ गते सोमबारदेखि सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यसमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अथवा ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।
५ माघ २०७९, बिहीवार ०९:०८ बजे प्रकाशित