श्वेत गंगा हाइड्रोपावरको आइपीओ कतिले भरे ?
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १ अर्ब १७ करोड १६ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार शुक्रबार साउन ६ गते बिहान १०ः११ बजेसम्ममा १० लाख १४ हजार ९९१ जना सर्वसाधारणले १ करोड १७ लाख १६ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट माग गरिएको भन्दा करिब .।१६ गुणा बढी आवेदन परेको हो ।
श्वेत गंगाले साउन ४ गतेबाट सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
यस आइपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।























