stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अरुण तेस्रोको काम शुरु

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

खाँदबारी । लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।
सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताउनुभयो ।

अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ । भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ ।

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन् । यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ । अधिकांश कामदार भारतीय छन् ।

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम शुरु गरिएको जनाइएको छ । विद्युत गृह र बाँध लगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको जनाइएको छ । लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ । (रासस)

prabhu mahalaxmi
kumari