prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम 

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज वैशाख २७ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।

हाइड्रोपावरले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। ८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।

बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानिय बासिन्दालाई छुट्याएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

२७ वैशाख २०७९, मंगलवार ०७:३८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads