citizens life insurance long ad
stcnepal long ad

भगवती हाइड्रोपावर डेभलपमेन्टले आईपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ। कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। जसमा ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ लाख ५८ हजार ९८ कित्ता सर्वसाधारणका लागि जारी गरिने जनाएको छ।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ। यस सम्बन्धमा दुवै कम्पनीबीच गत पुस १६ गते सम्झौता भइसकेको छ।

IME Life
kumari