citizens life insurance long ad
stcnepal long ad

रियलमी ‘सी’ सिरिजअन्तर्गत सी २५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध, मूल्य २०४४९ मात्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ।

इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी २५ वाईमा १८ वाट क्विक चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिंगरप्रिन्ट सेन्सर भएको शक्तिशाली ग्लष्कयअ त्टज्ञण् प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ।

रियलमी सी२५ वाईमा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एन्ड डब्ल्यू लेन्स रहेको छ। रियलमी सी सिरिजमा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोनले सुन्दर फोटो खिच्छ र प्रयोगकर्तालाई ८१६०८६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ।

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्युटी मोड फङ्सन, एचडीआर मोड, प्यानारोमिक भ्यू मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ। यसैगरी रियलमी सी २५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ।

रियलमीको आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ। जसमा रियलमी सी २५ वाईमा भएको ५००० एमएएच ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ। सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैँ पावर्ड र कनेक्टेड रहन सक्नेछन्।

यसबाहेक रियलमी सी २५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रिन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसन को सुविधा पनि उपलब्ध गराउँछ।

रियलमी सी २५ वाई लाई अक्टा–कोर 12nm Unisoc T610 प्रोसेसरले सञ्चालन गर्छ जुन २।० गेगाहर्ज सम्म चल्दछ। यसका साथै २.० गेगाहर्ज सम्म चल्ने two Arm Cortex-A75 र six Arm Cortex-A55 समावेश छ। ८५० मेगाहर्ज गति भएकोARM Mali G52 GPU ले ग्राफिक्सलाई ह्यान्डल गर्छ।

यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने ग्लष्कयअ त्टज्ञण् प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ। झनै नयाँ रियलमीमा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ। यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ।

स्क्रिन टु बडी दर ८८.७ प्रतिशत सम्म पुग्न रियलमी सी २५ वाई को १६.५ सेमि ६.५ इन्च डिस्प्ले रियलमीको क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो। जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङको अनुभव प्रदान गर्दछ।

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ र फेसियल रिकगनिसन रसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ।

सुन्दरताको हिसाबमा रियलमी सी २५ वाई ले पहिलो पटक लाइन एसेथेटिक डिजाइन अपनाएको छ। जसले विशेष डिजाइनको कल्पना गर्दै लाइन र सर्फेसको सुन्दर व्यवस्था प्रस्तुत गर्दछ।

रियलमी सी २५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ। रियलमी सी २५ वाइले नेपालमा ४ जीबी रयाम र १२८ जीबी रयाम स्टोरेज भेरिएन्टको मूल्य रु. २० हजार ४४९ तोकेको छ।
यही पुस १५ देखि बजारमा उपलब्ध रियलमी सी२५ वाई स्मार्टफोन दराजमा पुस १८ देखि बिक्री भइरहेको छ।

 

IME Life
kumari