citizens life insurance long ad
stcnepal long ad

चिलिमे जलविद्युतको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको जनाएकाे छ। गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशसँगै वार्षिक साधारण सभाको मिति पनि तय गरेको जनाएकाे छ।

बैठकले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश अनुमोदन २५ औं वार्षिक साधारण सभा आगामी पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको मतलब पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari