citizens life insurance long ad
stcnepal long ad

नेरुडे लघुवित्तको मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बोनस सेयरका लागि नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मूल्य समायोजन गर्दै प्रतिकित्ता नेरुडेको १०४१.१८ रुपैयाँ कायम गरेको छ। यसको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता १२६४.९० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्य अनुसार नै नेरुडेको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि नेरुडेले आज मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

नेरुडे लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल २२.६१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २१.४८७५ प्रतिशत बोनस र १.१३ प्रतिशत नगद (कर प्रयोजनार्थ) छन्।
नेरुडेको प्रस्तावित लाभांश आगामी पुस १० गते हुने १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन्।

IME Life
kumari