citizens life insurance long ad
stcnepal long ad

मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार ७४३.२५ रुपैयाँको कुल २६.३१५८ प्रतिशतले हुन आउने ३ करोड ५८ लाख ८१ हजार ५११.३२ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ८७ हजार ४३५.७५ रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १७ लाख ९४ हजार ७५.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari