citizens life insurance long ad
stcnepal long ad

तेह्रथुम पावर कम्पनीको आकर्षक रिपोर्ट सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक रिपोर्ट सार्वजनिक गरेको छ । तेह्रथुम पावर कम्पनीले यो त्रैमासमा भने बढाएर १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बिजुली बिक्रीबाट हुने आम्दानी १०७.१६ प्रतिशत ले बढेपछि कम्पनीको नाफामा आकर्षक सुधार भएको हो । गत वर्ष २ करोड ३० लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेको तेह्रथुम पावरले यो त्रैमासमा बढाएर ४ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुगेको हो । यता, यसको रिजर्भ कोष भने ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

गत भदौ ९ गतेदेखि १३ गतेसम्म तेह्रथुम पावरले कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।

IME Life
kumari