citizens life insurance long ad
stcnepal long ad

पुस ९ गते लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पुस ९ गतेका लागि बोलाएको जनाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने जानकारी दिएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगागतको एजेण्डा सभामा छलफलका लागि प्रस्ताव गरिने भएका छन । साधारण सभा प्रयोजनका लागि आगामी मंसिर २७ मा बुक क्लोज गर्ने बैंकले जनाएको छ ।

IME Life
kumari