sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

रुरु जलविद्युतको नाफा बढायाे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

योजनाले गत वर्षको यही अवधिको तुलनामा ४.७३ प्रतिशतले बढी नाफा आर्जन गरेको जनाएको छ । गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। कम्पनीले विद्युत बिक्री बापत ५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबापत ५ करोड १२ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ । चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार भने १४.९२ प्रतिशतले घटेको जनाएको छ ।

गत वर्ष रिजर्भमा ९ करोड ३२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ७ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको जनाएको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसए) घटेर २९।७३ रुपैयाँमा सीमित बनेको छ ।

गत वर्ष यही अवधिमा ईपीएस ३९.०३ रुपैयाँ रहेको थियो। पीई रेसियो ३५.१५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११७.२७ रुपैयाँ रहेको छ।

prabhu bank
nawakantipur long