citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आयल नियमको केन्द्रीय कार्यालय संयुक्त विद्यार्थी सङ्गठनद्वारा घेराउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन्।

आम नागरिक र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँस लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) , नेकपा (एकीकृत समाजवादी) मा आबद्ध अनेरास्ववियु सहितका विद्यार्थी सङ्गठनका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलन गरिरहेको छ ।

himalayan life insurance
igi long