sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

फेरि जलविद्युतमै लगानीकर्ताको आकर्षण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लगातार घटबढ भैरहेको सेयर बजारमा यो साता चमक आएको छ । गत साताभन्दा यो साता बजारमा सेयर कारोबार तथा सेयर भोलुम दुवैमा बढोत्तरी आएको छ । तरलता अभावका बाबजुद यो साता सेयर बजारमा २२५ अंकको बढोत्तरी भएको पाइन्छ।

साताको पहिलो कारोबार दिन आइतबार २२५२.०१ खुलेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २७८२.१२ मा बन्द भएको छ । कारोबारको भोलुम पनि बढेर अघिल्लो साता १३ अर्ब रुपैयाँमा सीमित भएकोमा यो साता झन्डै डब्बल २५ अर्ब रुपैयाँ पुगेको छ।

समूहगत रुपमा यो साताको सेयर बजारलाई नियाल्ने हो भने लगानीकर्ताको सबैभन्दा बढी आकर्षण जलविद्युत कम्पनीहरुमा देखिएको छ । बजार घटेसँगै जलविद्युत समूहमा पनि भारी गिरावट आएको थियो।

विज्ञानको क्रियाबराबर प्रतिक्रिया हुने सिद्धान्तअनुसार पनि यो समूहमा यस साता बजार बढेसँगै पुनः उछाल आउनु सेयर बजारको सिद्धान्त अन्तर्गत नै पर्छ। जलविद्युत समूहमा यो साता ४३५.४२ अंकको बढोत्तरी भएको छ।

अघिल्लो साता यो समूहको परिसूचक २५८७.१९ रहेको थियो। नेप्से परिसूचक २२५ अंकले बढ्दा जलविद्युत समूहको परिसूचक ४३५ अंकले बढेको छ।

यो साताको अन्तिम कारोबारमा ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकोमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार जलविद्युत कम्पनीहरुको मात्रै भएको छ।

यसरी फेरि किन लगानीकर्ता जलविद्युत कम्पनीहरूको सेयरमा आकर्षित भए रु प्राविधिक रुपमा भन्नुपर्दा एमएसीडी लाइनअन्तर्गत गत २४ अक्टोबरमा एमएसीडी लाइनलाई सिग्नल लाइनले तलबाट काटेर बुलिस क्रसओभर भएकोले जलविद्युत समूह बुलिस भएको छ ।

हिस्टोग्राम सकारात्मक भएका छन् भने मैनबत्ती विश्लेषणअन्तर्गत पनि बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ । यो आधारमा भन्नुपर्दा अहिले प्राविधिक पक्ष केलाएर कारोबार गर्ने लगानीकर्ताहरु जलविद्युत समूहमा आकर्षित भएका हुन सक्छन् । अर्कोतर्फ लगानीकर्ताको आकर्षण बढी र सेयर संख्या कम हुँदा माग र आपूर्तिको नियमअन्तर्गत पनि यो समूह उचालिन पुगेको देखिन्छ।

इलिअट वेभका आधारमा

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रेखाचित्रलाई आधार मानेर इलिअट वेभलाई विश्लेषण गर्ने हो भने जलविद्युत समूहमा पनि इन्टरमिडियट डिग्रीको वेभ ९४० मा करेक्सन भएर हाल वेभ ९५० चलेको देखिन्छ।

जस अन्तर्गत अझै २ वर्षसम्मको समय लिएर यो हाल ३०२२ मा रहेको यो इन्डेक्स लगभग ४९०० सम्म पुग्न सक्ने देखिन्छ। योभित्र पनि माइनर डिग्रीका विभिन्न वेभ हुने हुनाले जलविद्युत समूह पनि करेक्सन हुँदै तलमाथि गर्दै वेभ १ लगभग ३६०० सम्म र वेभ २ मा केही करेक्सन भएर ३०२२ सम्म आउने देखिन्छ।

त्यसैगरी वेभ ३ जुन सबैभन्दा तीव्र हुन्छ, यो बढेर ४४०० सम्म पुग्ने सक्ने देखिन्छ। त्यसपछि केही करेक्सन भएर ३९०० सम्म आएर पुनः सोही डिग्रीको वेभ ५ बनाउन जलविद्युत समूह लगभग ४९०० सम्म पुग्न सक्छ। यसका लागि सेयर बजारमा कम्तीमा १ देखि २ वर्षसम्मको समय लिन सक्ने देखिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ ।

बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।

यो सिद्धान्तअनुसार यदि जलविद्युत समूह बढेमा ०.२३ प्रतिशतको प्रतिरोधमा २८४१ को विन्दुसम्म, ०.३८ प्रतिशतको प्रतिरोधमा ३०५१ को विन्दुसम्म, ०।५ प्रतिशतको प्रतिरोधमा ३२२२ को विन्दुसम्म र ०.६१ प्रतिशतको प्रतिरोधमा ३४०० को विन्दुसम्म पुग्न सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो । यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्।

यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइन अन्तर्गत भन्नुपर्दा जलविद्युत समूहमा गत २४ अक्टोबरमा बुलिस क्रसओभर बनेको देखिन्छ र हिस्टोग्राम पनि सकारात्मक लामा–लामा भएका छन्। यस आधारमा यो समूह बुलिस नै रहेको बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड । यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो।

अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो समूहलाई बोलिंगर ब्यान्ड अन्तर्गत हेर्दा मूल्यरेखाले बिहीबारको कारोबारमा अप्पर ब्यान्डलाई छोएको छ।

यसले अल्पकालमा सामान्य करेक्सनको सम्भावना देखिन्छ। यदि आगामी कारोबारमा त्यस्तो करेक्सन हुन्छ भने र फेरि मध्यरेखाभन्दा माथिबाटै फर्किन्छ भने अझै उछाल आउने सम्भावना देखिन्छ।

prabhu bank
nawakantipur long