आईपीओ निष्काशन गरेको रुरु हाईड्रो पावरको पहिलो कारोवार कतिमा होला ?
काठमाडौं । प्रति कित्ता २० रुपैयाँ प्रमियम सहित प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निस्काशन गरेको रुरु जलविद्युतको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११८ रुपैयाँ ८४ पैसा र अधिकतम ३५६ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।
पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेकोमा ३७ हजार ९१६ जनाले मात्रै १० कित्ताका दरले प्राप्त गरेका थिए।























