citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंकको ठूलो खोला जलविद्युतमा लगानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा निजि क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ ।

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रा.लि.ले विकास गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।

३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने सम्बन्धि Syndicated Credit Facilities Agreement (SCFA) सम्झौता भएको छ ।

सम्झौतामा ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा।लि।का अध्यक्ष डा. बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहका बिच एक आपसमा हस्तान्तर गरेका थिए । । उक्त अवसरमा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्थाका नायब÷सहायक प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य उच्चस्तरीय पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकद्वारा ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा। ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँको वित्तिय प्रबन्ध गरिएको कम्पनीले जनाएको छ ।

नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको बताएकी छिन । यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बताएकी छिन ।

सम्झौता कार्यक्रममा डेभलपर संयुक्त उर्जा प्रा।लि।का अध्यक्ष डा. बद्री के.सीले यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताकासाथ गरेको कार्यको सह्राना गर्दै सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव साटेका थिए । साथै उनले निमार्ण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलबिद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निमार्ण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

IME Life
kumari