stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २८ गते साधारण सभा पनि बोलाए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते सोमबार अन्तिम दिन हो ।

यसले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।

सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने वितरण गर्दैछ । हाइड्रोपावर कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।

साधारण सभा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग मर्जर–एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

 

 

prabhu mahalaxmi
kumari