stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन ऊर्जाको दुई आर्थिक वर्षको साधारण सभा पुस २६ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले यही पुस २६ गते तेइसौं र चौबिसौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजेदेखि सभा बस्ने निणर्य गरेको हो।

कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। साधारण सभाले गत दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको निर्वाचन प्रस्ताव पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्था कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निणर्य गरेको छ। यसको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari