citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २५ गते आइतबार अन्तिम दिन हो ।

लाभांश तथा साधारण सभा प्रयोजका लागि यस कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले मंसिर १४ गते साधारण सभा बोलाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad