evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

भगवती हाइड्रोपावरको साधारण सभा आज

लाभांश वितरण प्रस्ताव पेश हुने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असोज १६ गते  बस्दैछ ।

कम्पनीले साधारण सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा अर्पण ब्याकेंट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long