sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

माण्डु हाइड्रोपावरको आज असोज १४ गते वार्षिक साधारण सभा 

लाभांश प्रस्ताव पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा आज असोज १४ गते सोमबार बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यस कम्पनीको साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

prabhu bank
nawakantipur long