stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सुपर मादी हाइड्रोको लाभांश घोषणा

हकप्रद सेयर जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले ताप्लेजुङमा निर्माणाधिन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न नाफा, कर्जा र हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार गरी कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari