stcnepal long ad
ime life insurance
national life
global ime bank long

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

इन्स्योरेन्स कम्पनीले असोज ४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।

इन्स्योरेन्स कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद ल्याउनेछ।

हकप्रद बिक्रीबाट कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ जुटाउनेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने तोकेको छ। न्यूनतम चुक्तपुँजी कायम बाँकी रहेको रकम कम्पनीले बोनस शेयर जारी गरेर पुर्याउनेछ।

IME Lifesidebar
kumari