पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता

काठमाडौँ । भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो ।
सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पिसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
एनएचपीसीले १ हजार ६ सय ८० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ ।
तीन परियोजना मध्ये सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ ।परियोजनाको लागत २० अर्ब रुपैयाँ बराबर छ । यो करिडोरमा १ हजार ८ सय मेगावाट बिजुली जोडिने छ । यो ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन हो ।