citizens life insurance long ad
stcnepal long ad
national life

सगरमाथा जलविद्युत कम्पनीको ५ करोड १८ लाख खुद नाफा कमाए

इपीएस कति ?

Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशत धेरै हो । गत वर्ष यसले ४ करोड ५४ लाख खुद नाफा आर्जन गरेको थियो ।

प्रशासनिक खर्च घट्दा नाफामा सुधार देखिएको हो । यसको उक्त खर्च २ करोड ४ लाखबाट घटेर ८३ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले चैतसम्म १९ करोड ८९ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ । यता, वित्तीय खर्च ७ करोड ८६ लाखबाट बढेर ८ करोड ६ लाख पुगेको छ ।

१ अर्ब १२ करोड चुक्ता पुँजी रहेको सगरमाथाको जगेडा कोष रिटेन्ड अर्निङ्समा ११ करोड १० लाख रुपैयाँ छ । चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी ६।३६ रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्थ भने १०९.९२ रुपैयाँ छ ।

 

himalayan life insurance
igi long