citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नारायणी डेभलपमेन्ट बैंकको आज वैशाख १८ गते मंगलबार साधारण सभा

लगानीकर्तालाई लाभांश छैन 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा आज वैशाख १८ गते मंगलबार बस्ने भएको छ । बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।

किनभने लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुकक्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।साधारण सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

himalayan life insurance
igi long