citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सान्जेन जलविद्युतको चैत ५ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चैत ५ गते सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ । फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा, कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long