citizens life insurance long ad
stcnepal long ad

विद्युत प्राधिकरणलाई सौर्य उर्जा बेचि रहेको सोलार फार्मले पायो डब्बल बि प्लस रेटिङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वसाधारणमा शेयर निष्काशनको तयारीमा रहेको सोलार फार्म लिमिटेडले केयर रेटिङ्गसबाट ‘केयर एनपि डब्बल बी प्लस’ रेटिङ पाएको छ। रेटिङ्गसका अनुसार यस्तो मूल्या‌ंकन प्राप्त गर्ने कम्पनीले नेपालमा समयमै वित्तीय दायीत्व बहन गर्न सक्ने पक्षमा मध्यमस्तरको जोखिम रहेको अवस्थालाई जनाउँछ।

सन् २०१७ मा स्थापित सोलार फार्मले सन् २०२१ को सेप्टेम्बरदेखि ५ मेगा वाट क्षमताको सोलारबाट विद्युत उत्पादन शुरु गरेको हो ।

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं।५ बेल चौतारामा अवस्थित छ । कम्पनीले थप ५ मेगावाट क्षमताको सोलार प्लाण्टको निर्माण गर्न लागेको छ।

यसका लागि कूल ४५ करोड रुपैयाँ लगानी आवश्यक पर्नेछ। शेयर निष्काशन मार्फत् प्राप्त हुने २० करोड रुपैयाँ र बाँकी ऋण लगानीबाट पूँजी जुटाउने कम्पनीको योजना छ।

नयाँ प्लाण्टका लागि कम्पनीले ऋण पूँजीवापतको श्रोत सुनिश्चित गरि सकेको छैन ।केयर रेटिङ्गसका अनुसार नयाँ योजना कहिलेसम्ममा सम्पन्न भइसक्ने बारे पनि कम्पनीले समय सीमा तय गर्न बाँकी छ। गत आवमा सौर्य बिजुली बेचेर यो कम्पनीले कूल ४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

धितोपत्र बोर्ड नेपालमा दिएको निवेदन अनुसार सोलार फार्म लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २०,००,००० कित्ता साधारण शेयर जारी गरेर २० करोड रुपैयाँ थप पूँजी जुटाउने तयारी गरेको छ।

शेयर निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सोलार फार्म लिमिटेडको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ ।

IME Life
kumari